नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६ को तयारी तिब्र गतिमा
काठमाडौं । यही चैत्र ११ देखि १५ गते सम्मको पोखरा लेकसाइड, तालबराही चोक स्थीत खेल मैदानमा नाडा अटोमोबाईल्स् एशोसिएशन अफ नेपालको प्रस्तुतीमा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसनद्वारा आयोजना गरिने नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६ को तैयारी द्रुत गतिमा भइरहेको आयोजकले जनाएका छन् ।
प्रदर्शनीको व्यवस्थापन ग्लोबल एस्स्पोजिशन एण्ड मेनेज्मेन्ट सर्भिसेज (जेम्स इभेन्ट्स्) ले गरिरहेको छ । स्टल बुकिङ्ग लगभग सक्किइ सकेको छ भने, अन्य प्रशासनिक कार्य एवं प्रदर्शनी स्थलको पूर्व तैयारी समेत शरू भई सकेको आयोजकले जानकारी दिएका छन् ।
साना, मझौला तथ ठूला सवारी साधनका नवीनतम मोडलहरू, प्रविधि विकास, पार्ट पुर्जा, लुब्रिकेन्ट, टायर, वित्तिय संस्था तथा अन्य सरोकारवाला व्यवसायी कम्पनीहरूको भव्य सहभागिता रहेको उक्त प्रदर्शनीले यस संस्करणमा पनि आगन्तुकहरूको कौतुहलता एवं खरिदकर्ताहरूको हितलाई सम्बोधन गर्ने विश्वास लिइएको छ ।
प्रदर्शनीले व्यवसायिक सहकार्य एवं नेटवर्किङ्गका अवसर प्रदान गर्नुका साथै पोखराको पर्यटन तथा अटोमोबाइल क्षेत्रको समग्र विकासमा समेत टेवा पु¥याउने विश्वास गरिएको छ ।

प्रतिक्रिया