अन्तिम कारोबार दिन उक्लियो सेयर बजार, झन्डै २४ अंकले बढ्दा १४ अर्ब ५५ करोडको सेयर किनबेच

काठमाडौं । नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन ४६ दशमलव ७८ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन बिहिबार भने २३ दशमलव ८७ अंकले बढेर २८ सय २० दशमलव ४४ अंकमा पुगेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव शून्य एक अंकले बढेर चार सय ८६ दशमलव ३८ अंकमा पुगेको छ ।
नेप्सेमा आज तीन सय ३५ वटा कम्पनीहरुको एक लाख ३० हजार १५ पटकको कारोबारमा चार करोड १६ लाख ८६ हजार चार सय पाँच कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार दुई सय ३० रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको सेयर कारोबार भएकोमा तीनवटा समूहहरुको सूचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् ।
जसमध्ये निर्जीवन बीमा समूहको सूचक चार दशमलव ६५ अंकले घटेर ११ हजार पाँच सय सात दशमलव १६ अंकमा झरेको छ भने होटेल तथा पर्यटन र अन्य समूहको सूचक क्रमशः २६ दशमलव ७७ र १७ दशमलव ८० अंकले घटेका छन् ।
यि बाहेक बाँणिज्य बैंक समूहको सूचक भने २९ दशमलव ४२ अंकले बढेर १४ सय ८४ दशमलव ५७ अंकमा झरेकोमा बिकास बैंक समूहको सूचक पनि ७६ दशमलव ३५ अंकले बढेर छ हजार ४० दशमलव १९ अंकमा झरेको छ ।
फाइनान्स समुहको सुचक पनि ३३ दशमलव ४० अंकले बढेर २५ सय ९७ दशमलव १८ अंकमा चढेकोमा जीवन बीमा समुहको सूचक पनि ४९ दशमलव ७२ अंकले बढेर १३ हजार पाँच सय आठ दशमलव ३६ अंकमा पुगेको छ ।
यि बाहेक लगानी, उत्पादनमुलक, लघुवित्त, सामूहिक लगानी कोष र व्यापार समूहको सूचक पनि क्रमशः एक दशमलव २५, ७० दशमलव १२, १३ दशमलव ८४, शुन्य दशमलव १० र पाँच दशमलव ४८ अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सालपा बिकास बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिटिजन्स समुन्नत योजना परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेशनल हाईड्रो पावर कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया