कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

नेपालखोज २०८२ चैत १ गते १९:२९

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज भीमदत्त नगरपालिका–४ स्थित बजारका विभिन्न स्थानमा कुकुरको टोकाइबाट १७ जना घाइते भएका हुन् ।

प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले घाइतेहरूको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको जानकारी दिए । उक्त कुकुरलाई नियन्त्रणमा लिएर भेटिनरी अस्पतालमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया