एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

नेपालखोज २०८२ चैत २ गते ६:१०

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन गर्ने सहमति भएको छ । अध्यक्षमा उम्मेदवारी दिएका अन्य उम्मेदवारले नाम फिर्ता लिएपछि शर्माको नाममा सहमति भएको हो ।

अध्यक्षका लागि शर्माका अलावा रोबिन शेरचन र रबिन बज्राचार्यले उम्मेदवारी दिनुभएको थियो । निर्वाचन समितिले सबै पदको नजिता एकै पटक सार्वजनिक गर्ने जनाएको छ ।

एनआरएन निर्वाचन समितिका अनुसार आजै कार्यसमितिको सबै विवरण सार्वजनिक गरिनेछ । निर्वाचन भन्दा पनि सहमतिका आधारमा कार्यसमिति चयन गर्न लागिएको बताइएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आथित्यतामा आइतबार साँझ पाँच बजे समापन समारोह आयोजना गरिएको एनआरएनए सचिवालयले जनाएको छ । शनिबारदेखि शुरु भएको एनआरएनए १२ औं अधिवेशन आज सम्पन्न हुँदैछ । -रासस

प्रतिक्रिया