पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
नेपालखोज
२०८२ चैत ११ गते १७:०६

त्रिशूली (नुवाकोट) । नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । बेपत्ता अर्का एक व्यक्तिको खोजी भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार गौजेनीस्थित मैदानबाट लप्से जाने सडकखण्ड विस्तारको क्रममा माथिबाट खसेको पहिरोमा पुरिएर स्थानीय ३५ वर्षीय फूलमान तामाङको निधन भएको हो ।
उनको पहिरोमा पुरिएर घटनास्थलमै मृत्यु भएको हो । सडक विस्तारमा कार्यरत ललितपुर घर भएका स्काभेटर चालक २४ वर्षीय अमृत तामाङ पहिरोमा पुरिएर हराइरहेका छन् ।
उनको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित स्थानीयवासी खटिएका छन् । तामाङ केही दिन अघि मात्र स्काभेटर चलाउन नुवाकोट आएका प्रहरीले जनाएको छ । –रासस
सम्बन्धित

प्रतिक्रिया