नेपाल बैंक र ताजा बेकरी उद्योगबीच सम्झौता

नेपालखोज २०८२ चैत १२ गते १४:३८

काठमाडौं । नेपाल बैंक र ताजा बेकरी उद्योग बीच सम्झौता भएको छ ।

नेपालको पहिलो बैंक नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको चावहिल, मुलपानी, पुतलीसडक, गल्कोपाखा, क्षेत्रपाटी, लगनटोल र सितापाइलामा अवस्थित ताजा बेकरी उद्योगद्वारा उत्पादित बिभिन्न बेकरी वस्तुहरुका खरिद गर्दा लाग्ने शुल्कमा नेपाल बैंकको मोबाईल बैंकिङ एपबाट रकम भूक्तानी गर्दा न्यूनतम पाँच सय रुपैयाँको खरिदमा बिल रकममा १० देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।

सम्झौता पत्रमा बिैकको तर्फबाट बजारीकण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र ताजा बेकरी उद्योगको तर्फबाट प्रबन्ध निर्देशक राम कुमार श्रेष्ठले बुधबार हस्ताक्षर गरेको बैंकको भनाई छ ।

प्रतिक्रिया