राष्ट्रिय बाणिज्य बैंकको आरबीबी फोन लोन सेवा सहज

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले बैंकको मोबाइल एप आरबीबी फोन लोन बाट उपभोग गर्न सकिने गरी विकास गरिएको डिजिटल लेण्डिङ प्रोडक्ट गर्न राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र फोनलोन प्राइभेट लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ ।
उक्त आरबीबी फोन लोन सेवा मार्फत् ग्राहकले बिना धितो, बिना कागजी प्रकृया, बैंकमा भौतिक उपस्थिति नजनाई हाललाई एक लाख रुपैयाँसम्मको कर्जा उपभोग गर्न पाउनेछन् ।
यो सुविधा बैंकमा तलबी खाता भएका ग्राहकले खातामा भएको कारोबारका आधारमा पाउनेछन् र सोका लागि आफ्नो खातामा रजिष्टर्ड भएको मोबाइल बैंकिङ्ग सुविधा अन्तर्गत बैंकको मोबाइल बैंकिङ्ग एप आरबीबी डिजिटल संसारबाट आवेदन दिनुपर्नेछ । आवेदन पश्चात् बैंकले आवश्यक प्रकृया पूरा गरी कर्जा स्वीकृत गर्नेछ ।
वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी ३१३ वटा शाखा कार्यालय, ७१ वटा एक्सटेन्सन काउन्टर, ३२६ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग मार्फत ४७ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ्ग सेवाहरु उपलब्ध गराईरहेको छ ।

प्रतिक्रिया