एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरी टोली रातिदेखि ओली निवासमा

नेपालखोज २०८२ चैत १४ गते ६:०१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरी टोलीले अन्तिम प्रयास गरेकाे छ । पक्राउ गर्न पुगेको टोलीले सहज तरिकाले गिरप्तारी दिन अनुरोध गरिरहेको छ ।

ओलीलाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र सीआईबीको टोली ओली निवासमा छ । एमाले अध्यक्ष ओलीलाई पक्राउ गर्न मन्त्रिपरिषद्का कागजातसहित प्रहरी पुगेको छ । 

एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार रहेका बेला भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । ७६ जनाको ज्यान जानेगरी भएको आन्दोलनको मुख्य दोषी ओलीलाई ठहर गरेको छ ।

प्रतिक्रिया