कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन

नेपालखोज २०८२ चैत १४ गते १२:०६

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका छन् ।

जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।

मन्त्री गुरुङले ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्तको पनि निरीक्षण गर्नुभएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

गृहमन्त्री गुरुङले आजै रामशाहपथस्थित काठमाडाँै उपत्यका ट्राफिक प्रहरी कार्यालयको पनि निरीक्षण गरेका छन् ।

प्रतिक्रिया