अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमालेद्वारा ज्ञापनपत्र

नेपालखोज २०८२ चैत १५ गते १८:४३

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै आज एमालेले ७७ वटै जिल्लाका प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाएको छ ।

एमालेले पार्टी अध्यक्ष ओलीलाई तत्काल रिहाइको माग गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यलयमा प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताए ।

काठमाडाैं, ललितपुर र भक्तपुरमा एमाले जिल्ला कमिटीले आ–आफ्नो जिल्ला प्रशासन कार्यालयबाट एमाले अध्यक्ष ओलीको रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । –रासस

प्रतिक्रिया