स्थानीय तहमा ६३ उपसचिव सरुवा

नेपालखोज २०८२ चैत १६ गते २१:३२

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६३ उपसचिव वा सो सरहका कर्मचारीलाई सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ ।

लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएका स्थानीय तह तथा जिल्ला समन्वय समितिका कार्यालयहरुमा उपसचिव वा सोसरहका कर्मचारी खटाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव नीता पोखरेल अर्यालले जानकारी दिए ।

खटाइएकामध्ये केहीलाई सरुवा गरिएको छ भने केहीलाई स्थानीय तहमा कामकाजका लागि खटाइएको मन्त्रालयले जनाएको छ । -रासस

प्रतिक्रिया