नेप्से बढ्यो, कारोबार रकम घट्यो, झन्डै २० अंकले बढ्दा ११ अर्ब ११ करोडको सेयर किनबेच

नेपालखोज २०८२ चैत १७ गते १५:३०

काठमाडौं । नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ४७ दशमलव ७१ अंकले घटेको नेप्सेमा झण्डै १३ अर्बको शेयर किनबेच भएको थियो ।

साताको तेस्रो कारोबार दिन आज मंगलबार भने यस्तो कारोबार ११ अर्बको हाराहारीमा रहेको छ । नेप्से आज १९ दशमलव ७० अंकले बढेर २८ सय ५१ दशमलव शुन्य नौं अंकमा पुगेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २६ अंकले बढेर चार सय ८४ दशमलव ८४ अंकमा पुगेको छ ।

नेप्सेमा आज तीन सय ३९ वटा कम्पनीहरुको एक लाख ३७ हजार आठ सय ५७ पटकको कारोबारमा दुई करोड ७९ लाख ४२ हजार सात सय ७९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ११ अर्ब ११ करोड २४ लाख १८ हजार आठ सय छ रुपैैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा सामुहिक लगानी कोष र अन्य समुहको सुचक क्रमशः शुन्य दशमलव शुन्य एक र १२ दशमलव ७७ अंकले घटेका छन् भने बाँकी समूहहरुको सूचक बढेका छन् ।

जसमध्ये बाँणिज्य बैंक समूहको सूचक ११ दशमलव ३६ अंकले बढेर १४ सय ९० दशमलव ८९ अंकमा पुगेकोमा बिकास बैंक समूहको सूचक पनि ५५ दशमलव ४५ अंकले बढेर छ हजार एक सय ६५ दशमलव १५ अंकमा पुगेको छ ।

फाइनान्स समूहको सूचक पनि २८ दशमलव १३ अंकले बढेर २५ सय ४० दशमलव २९ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि २९ दशमलव ४१ अंकले बढेर तीन हजार नौं सय २८ दशमलव ३४ अंकमा पुगेको छ ।

जीवन बीमा समुहको सुचक पनि ६८ दशमलव ३० अंकले बढेर १३ हजार एक सय ८१ दशमलव ८३ अंकमा पुगेकोमा निर्जीवन बीमा समूहको सूचक पनि ८७ दशमलव ६१ अंकले बढेर ११ हजार चार सय ७० दशमलव ३५ अंकमा पुगेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र व्यापार समूहको सूचक पनि क्रमशः ७५ दशमलव शुन्य चार, शुन्य दशमलव ६१, दुई सय दुई दशमलव ४१, २५ दशमलव ९९र २९ दशमलव २८ अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रिलायन्स स्पीनिङ मिल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा सप्तकोशी डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने रिडी हाईड्रोपावर कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया