पक्राउ पूर्जी बारे पीडित सोभा पाटकले भनिन्- महेश बस्नेतको स्टाटस मिथ्या हो

नेपालखोज २०८२ चैत १७ गते १८:२५

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतलते पक्राउ पूर्जी बारे लेखेको स्टाटस सत्य नभएको पीडित सोभा पटकले बताइन् ।

मंगलबार राजधानीको संवाद डबलीमा पठाकले पत्रकार सम्मेलनको आयोजना गरेर आफू पीडित भएको र छिट्टै अदालतले पक्राउ पूर्जी दिने जिकिर गरेकी छन् ।

आफूले बस्नेतलाई पक्राउ पूर्जीको लागि माग गरेको र प्रक्रिया अनुसार बस्नेत हिरासतमा जाने निश्चित रहेको पठकले जिकिर गरिन् ।

बस्नेतले अदालतले फक्राउ पूर्जी दिन नमानेपछि खुसि व्यक्त गरेको स्टाटस र मिडियाहरुले त्यसैको हबाला दिएर भ्रामक समाचार दिएकोप्रति पठकले आपत्ति जनाएकी छन् ।

टेकु परिसरमा जेहेरी दिएको र काठमाडौं जिल्ला अदालतले चैत्र १६ गतेको आदेशमा पक्रन नमिल्ने नभनेको बरु उसले सक्कल मिसिल आएपछि पूर्जी दिने उल्लेख रहेको पनि पाठकले बताइन् ।

जिल्ला अदालतको आदेशमा ‘विदको विषय उच्च अदालतमा विचाराधिन रहेको देखिँदा सो विवादको टुङगो लागि सक्कल मिसिल प्राप्त भएपछि कानुन बमोजिम हुने नै हुँदा यसमा हाललाई निवेदन माग बमोजिम गर्न मिलेन’ उल्लेख रहेको जानकारी पाठकले जनाइन् ।

प्रतिक्रिया