फोटोन मोटर्स नेपालद्वारा बिर्तामोडमा सफल कस्टमर मिटको आयोजना, पूर्वी नेपालसँगको सम्बन्ध थप बलियो

नेपालखोज २०८२ चैत १८ गते २०:०३

काठमाडौं । फोटोन मोटर्स नेपालले चैत्र १७ गते बिर्तामोडमा कस्टमर मिट कार्यक्रमको सफल आयोजना गरेको छ । यस कार्यक्रम मार्फत झापा तथा आसपासका जिल्लाका ग्राहकहरूसँग ब्रान्डलाई अझ नजिक ल्याउने उद्देश्य राखिएको थियो ।

कार्यक्रमले प्रत्यक्ष अन्तरक्रियाका लागि खुला प्लेटफर्म प्रदान गरेको थियो, जहाँ हालका तथा सम्भावित फोटोन प्रयोगकर्ताहरूले आफ्ना अनुभव, अपेक्षा र सुझावहरू प्रस्तुत गरेका थिए ।

यसले कम्पनीले ग्राहकहरूको आवाज सुन्ने र वास्तविक प्रतिक्रियाका आधारमा आफ्ना उत्पादन तथा सेवामा निरन्तर सुधार गर्ने प्रतिबद्धता झल्काएको छ ।

यस कस्टमर मिटमा पूर्वी नेपालका यातायात व्यवसायी, फ्लीट सञ्चालक तथा व्यवसायिक साझेदारहरूको सक्रिय सहभागिता रहेको थियो । बिर्तामोड एक महत्वपूर्ण व्यापारिक तथा लजिस्टिक्स केन्द्र भएकाले झापा तथा सीमावर्ती जिल्लाहरूमा फोटोनको पहुँच विस्तार गर्न यसले रणनीतिक भूमिका खेलेको छ ।

यस पहलमार्फत कम्पनीले ग्राहकहरूसँग अझ सुदृढ सम्बन्ध निर्माण गर्नुका साथै व्यावसायिक सवारी साधन सम्बन्धी उनीहरूको बदलिँदो आवश्यकताबारे महत्वपूर्ण जानकारी संकलन गर्ने लक्ष्य राखेको थियो ।

कार्यक्रमका क्रममा फोटोन मोटर्स नेपालले आफ्टर सेल्स सर्भिस र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिएको विषयमा प्रकाश पारेको थियो । फोटोन टोलीले सेवामा पहुँच र रेस्पोन्स समय अझ सुधार गर्ने योजना प्रस्तुत गर्दै ग्राहकहरूलाई समयमै र भरपर्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।

छलफलका क्रममा देशभर १६६ भन्दा बढी ऋऋक्२ फास्ट चार्जिङ प्वाइन्टहरूको स्थापनाका कारण विस्तार भइरहेको ईभी इकोसिस्टमबारे पनि जानकारी दिइएको थियो, जसले व्यावसायिक प्रयोगकर्ताहरूमा ईभी स्वामित्वप्रति विश्वास बढाएको छ ।

फोटोनले आफ्नो देशव्यापी नेटवर्क विस्तारबारे पनि जोड दिएको थियो, जसअन्तर्गत हाल १४ भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरू सञ्चालनमा छन् । यस विस्तारले देशभरका ग्राहकहरूलाई सहज रूपमा व्यावसायिक सेवा र सहयोग प्राप्त हुनेछ ।

विश्वस्तरिय मापदण्ड र विश्वसनीयतासँगै फोटोनले नेपालमा आफ्नो आधिकारिक वितरक एमएडब्लु वृद्धी कमर्सियल भेहिकल मार्फत भरोसायोग्य मोबिलिटी समाधानहरू प्रदान गर्दै आएको छ ।

बिर्तामोड कस्टमर मिट फोटोनको ग्राहककेन्द्रित विकास यात्रामा अर्को महत्वपूर्ण कदमका रूपमा स्थापित भएको छ। प्रयोगकर्ताहरूसँग सक्रिय रूपमा अन्तरक्रिया गर्दै उनीहरूको प्रतिक्रिया समेट्ने प्रयासमार्फत कम्पनीले दीर्घकालीन विश्वास निर्माण गर्ने र ग्राहकलाई अझ उत्कृष्ट भ्यालु प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ ।

फ्लीट परामर्श, उत्पादन प्रदर्शन तथा आवश्यकता अनुसारका व्यावसायिक समाधानका लागि ग्राहकहरूलाई नजिकैको फोटोन शोरूम भ्रमण गर्न आग्रह गरिन्छ ।

प्रतिक्रिया