पाकिस्तानी जेलबाट रिया भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

काबुल । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिया भएका १५५ जना अफगान कैदीहरू सुरक्षित रुपमा स्वदेश फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।
बन्दीहरूले स्वदेश फिर्ता तथा व्यवस्थापनको सहयोगका लागि आ–आफ्नो गृह प्रान्तमा जानु अघि सीमा नाकाम नै आवाश्यक सहायता प्राप्त गरीसकेको मन्त्रालयले जनाइएको छ ।
यस अघिको विज्ञप्तीमा, पाकिस्तानमा बन्दी बनाइएका करिब ४२६ जना अफगान कैदीहरूलाई गत हप्ता आफ्नो मातृभूमिमा फिर्ता पठाइएको उल्लेख गरिएको थियो ।
अफगानीस्तानमा व्याप्त द्वन्द्व र असुरक्षाका कारण अनुमानित ६० लाख अफगानीहरू विदेशमा बस्ने गरेको जनाइएको छ । जस मध्ये अधिकाशं छिमेकी मुलुक इरान र पाकिस्तानमा रहेको उल्लेख छ ।
अफगान सरकारले पछिल्लो समयमा विदेशमा रहेका आफ्ना नागरिकहरूलाई देशको पुनः र्निर्माणमा योगदान गर्न तुरुन्त स्वदेश फर्कन बारम्बार आग्रह गरेको छ । -रासस/सिन्ह्वा

प्रतिक्रिया