ग्राहकको जीवन लगातार सहज बनाउन वान बाई मेटलाइफ एपमा ब्लड सुगर बारे जानकारी

नेपालखोज २०८२ चैत १९ गते १९:४०

काठमाडौं । ग्राहकहरूको सेवा अनुभूति अझ प्रभावकारी बनाउने यात्रामा, मेटलाइफ नेपालले आफ्नो वान बाई मेटलाइफ मोबाइल एपमा नयाँ अपडेट गर्दै दीर्घकालीन रगतमा चिनीको मात्रा देखाउने सूचकको स्वास्थ्य जोखिम मूल्याङ्कन सुविधा थप गरेको छ । साथै, प्रयोगकर्ताहरूलाई आफ्नो स्वास्थ्य जानकारी र बीमा सम्बन्धी आवश्यकताहरू सजिलै व्यवस्थापन गर्न सहयोग पु¥याउने डिजिटल सेवाहरू पनि विस्तार गरिएको छ ।

नेपालमा धेरै मानिसहरू आधारभूत स्वास्थ्य जानकारी लिन वा बीमा सम्बन्धी कामहरू पूरा गर्न विभिन्न एप, उपकरण वा प्रत्यक्ष रूपमा कार्यालय जानुपर्ने अवस्थामा छन् । वान बाई मेटलाइफएपले यी सबैलाई सजिलो बनाउँदै एउटै मोबाइल प्लेटफर्ममा स्वास्थ्य सम्बन्धी उपकरणहरू, रिमाइन्डरहरू र बीमा सेवाहरू उपलब्ध गराउँछ, जसले प्रयोगकर्ताको दैनिक जीवनलाई सरल बनाउछ ।

नयाँ निर्मित स्वास्थ्य जोखिम मूल्याङ्कन सुविधाले प्रयोगकर्तालाई दीर्घकालीन रूपमा रगतमा चिनीको अवस्थाबारे बुझ्न मद्दत गर्छ । एपमा प्रविष्ट गरिएको जानकारीका आधारमा प्रयोगकर्ताहरूले आफ्नो सम्भावित स्वास्थ्य जोखिमबारे जानकारी पाउन सक्छन् । यो सुविधा विशेष गरी आफ्नो स्वास्थ्य र जीवनशैलीबारे पहिले नै जानकारी लिन चाहने व्यक्तिहरूका लागि उपयोगी छ ।
स्वास्थ्य जानकारीसँगै, वान बाई मेटलाइफएपले अन्य सेवाहरू पनि सुधार गरेको छ । प्रयोगकर्ताहरूले अफलाइन नोटिफिकेशन प्राप्त गर्न, सुधारिएको प्रिमियम क्याल्कुलेटर प्रयोग गर्न र भुक्तानी रिमाइन्डरहरू पाउन सक्छन् । साथै, एपमार्फत बीमा दाबी (क्लेम) सुरु गर्न, आफ्नो व्यक्तिगत जानकारी डिजिटल रूपमा अपडेट गर्न र पोलिसी पुनःसक्रिय राख्न सम्बन्धी सूचना प्राप्त गर्न सकिन्छ, जसले शाखा कार्यालय जानुपर्ने वा कागजी प्रक्रिया कम गर्छ ।
यस अपडेटबारे बोल्दै मेटलाइफ नेपालका जनरल म्यानेजर, निर्मल श्रेष्ठले भने,“वान बाई मेटलाइफ एप दैनिक जीवनमा स्वास्थ्य र बीमा व्यवस्थापनलाई सरल बनाउन डिजाइन गरिएको हो । यस अपडेटमार्फत हामीले रगतमा चिनीको मात्रा मूल्याङ्कन जस्ता डिजिटल स्वास्थ्य जानकारी र आवश्यक बीमा सेवाहरूलाई एउटै प्लेटफर्ममा समेटेका छौं । हाम्रो उद्देश्य नेपालभरिका व्यक्तिहरू र परिवारलाई अझ सजिलो रूपमा जानकारीयुक्त, तयार र सुरक्षित रहन सहयोग गर्नु हो ।”

बारम्बार सोधिने प्रश्नहरू
१. वान बाई मेटलाइफ एप के हो र किन प्रयोग गर्ने ?
वान बाई मेटलाइफ एउटा मोबाइल एप हो जसले स्वास्थ्य जाँच सम्बन्धी उपकरणहरू र डिजिटल बीमा सेवाहरूलाई एउटै ठाउँमा ल्याउँछ । यसले तपाईंलाई धेरै एप प्रयोग गर्नुपर्ने वा बारम्बार शाखा जानुपर्ने झन्झट बिनाआफ्नो स्वास्थ्य सम्बन्धी जानकारी ट्र्याक गर्न, महत्वपूर्ण सूचना पाउन र आफ्नो बीमा पोलिसी सजिलै व्यवस्थापन गर्न मद्दत गर्छ ।
२. के यो एप प्रयोग गर्न मेटलाइफको ग्राहक हुनुपर्छ ?
पर्दैन । जो कोहीले पनि एप डाउनलोड गरेर रेजिस्टर गर्न सक्छन्। रगतमा चिनीको मात्रा देखाउने जस्ता स्वास्थ्य मूल्याङ्कन सुविधाहरू तपाईं मेटलाइफको ग्राहक नभए पनि प्रयोग गर्न सक्नुहुन्छ ।
३. रगतमा चिनीको मात्रा देखाउने सूचक (ज्दब्ज्ञअ) फिचर के हो र यसले कसरी मद्दत गर्छ ?
रगतमा चिनीको मात्रा देखाउने ज्दब्१अ फिचर एउटा स्वास्थ्य जोखिम मूल्याङ्कन उपकरण हो जसले तपाईंले एपमा दिएको जानकारीका आधारमा दीर्घकालीन रगतमा चिनीको अवस्थाबारे जानकारी दिन्छ । यो विशेष गरी मधुमेह भएका, नसर्ने रोगको जोखिममा रहेका वा आफ्नो स्वास्थ्य र जीवनशैलीबारे पहिल्यै जान्न चाहने व्यक्तिहरूका लागि उपयोगी छ ।
४. इन्टरनेट कमजोर वा नभएको अवस्थामा के हुन्छ ?
एपमा भएको नयाँ अफलाइन नोटिफिकेसन सुविधाले इन्टरनेट कमजोर भए पनि तपाईंलाई आवश्यक जानकारी दिन्छ, जसले गर्दा तपाईंले महत्वपूर्ण सूचना छुटाउनु पर्दैन ।
५. प्रेमियम क्यालकुलेटरले तपाईंलाई कसरी मद्दत गर्छ ?
प्रेमियम क्यालकुलेटरले तपाईंलाई तुरुन्तै बीमा प्रिमियमको अनुमान देखाउँछ । यसले तपाईंलाई आफ्नो बजेट मिलाउन र उपयुक्त बीमा योजना छनोट गर्न सहयोग गर्छ ।
६. प्राविधिक ज्ञान कम भएका व्यक्तिहरूका लागि पनि यो एप सजिलो छ ?
छ । एपलाई सरल र सजिलो तरिकाले डिजाइन गरिएको छ, जसले गर्दा जुनसुकै उमेर वा डिजिटल अनुभव भएका व्यक्तिहरूले पनि सजिलै प्रयोग गर्न सक्छन् ।
७. मेरो व्यक्तिगत र स्वास्थ्य सम्बन्धी जानकारी सुरक्षित हुन्छ ?
हुन्छ । एपमा सुरक्षित प्रणाली प्रयोग गरिएको छ जसले तपाईंको डाटा सुरक्षित राख्छ । तपाईंको जानकारी गोप्य राखिन्छ र तपाईंले रोजेका सेवाहरूका लागि मात्र प्रयोग गरिन्छ ।
८. यो एप प्रयोग गर्न सुरु कसरी गर्ने ?
आफ्नो एप स्टोर वा गुगल प्लेस्टोर वा वान बाई मेटलाइफ एप डाउनलोड गर्नुहोस्, मोबाइल नम्बर प्रयोग गरेर रेजिस्टर गर्नुहोस् र स्वास्थ्य तथा बीमा सेवाहरू अन्वेषण गर्न सुरु गर्नुहोस् ।

प्रतिक्रिया