जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

नेपालखोज २०८२ चैत २० गते ११:११

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेलाई भेट्नुभएको छ । उहाँले केएमसी अस्पतालमा उपचाररत घाइतेलाई गए राति भेटेका हुन् ।

चिकित्सकहरूबाट उनीहरूको स्वास्थ्यस्थितिबारेपनि मन्त्री गुरुङले जानकारी लिनुभएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

घाइतेहरूलाई पूर्वसांसद डा सुनिल शर्माले निःशुल्क उपचार गर्दै आएका छन् । निःशुल्क उपचार गरेकामा गृहमन्त्रीले केएमसीका सञ्चालक डा शर्माप्रति आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया