२७ सय ८२ दशमलव १८ बिन्दुमा नेप्से, सातामा ६० अर्ब चार करोड रुपैयाँको सेयर किनबेच

काठमाडौं । यो साता नेप्से परिसुचक २७ सय ८२ दशमलव १८ बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ७३ दशमलव २३ बिन्दुमा कायम भएको छ । यो साता तीन सय ४७ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् ।
जसअनुुसार सात लाख २० हजार दुई सय ९८ पटकको कारोबारमा १४ करोड ६४ लाख ८९ हजार दुई सय ७४ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम ६० अर्ब चार करोड १६ लाख ३७ हजार सात सय ३९ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा २२ अर्ब रुपैंयाँले कम हो ।
नेप्सेमा गत साता तीन सय ६४ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार सात लाख ६९ हजार दुई सय ७३ पटकको कारोबारमा २० करोड १५ लाख ६१ हजार तीन सय ५४ कित्ता सेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम ८२ अर्ब ४७ करोड ५९ लाख २५ हजार एक सय २९ रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुल्ला रहेको थियो । सो मध्ये तेस्रो र पाँचौं दिन बढेको नेप्से बाँकी दिनहरुमा लगातार घटेको थियो ।
दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसुचक ७१ दशमलव शुन्य पाँच अंकले ओरालो लागेर दुई हजार आठ सय ७९ दशमलव ११ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ९६ अंकले ओरालो लागेर चार सय ८९ दशमलव ४८ बिन्दुमा झरेको थियो ।
दोस्रो कारोबार दिन सोमबार पनि नेप्से परिसुचक ४७ दशमलव ७१ अंकले ओरालो लागेर दुई हजार आठ सय ३१ दशमलव ३९ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ९० अंकले ओरालो लागेर चार सय ८१ दशमलव ५८ बिन्दुमा झरेको थियो ।
तेस्रो कारोबार दिन मंगलबार भने नेप्से परिसुचक १९ दशमलव ७० अंकले उकालो लागेर दुई हजार आठ सय ५१ दशमलव शुन्य नौं बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २६ अंकले उकालो लागेर चार सय ८४ दशमलव ८४ बिन्दुमा चढेको थियो ।
चौथो दिन बुधबार नेप्से परिसुचक ७४ दशमलव ७३ अंकले ओरालो लागेर दुई हजार सात सय ७६ दशमलव ३६ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव २१ अंकले ओरालो लागेर चार सय ७३ दशमलव ६३ बिन्दुमा झरेको थियो ।
पाँचौं कारोबार दिन बिहिबार भने नेप्से परिसुचक पाँच दशमलव ८२ अंकले उकालो लागेर दुई हजार सात सय ८२ दशमलव १८ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ३९ अंकले ओरालो लागेर चार सय ७३ दशमलव २३ बिन्दुमा झरेको थियो ।
यो साता बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा रिडी हाईड्रो पावर लिमिटेड, ङादी ग्रुप पावर लिमिटेड आदि परेका छन् । यसैगरी शेयर कारोबार भएको संख्याको आधारमा भने यसवाई प्यानल नेपाल लिमिटेड, आखुखोला जलबिद्युत कम्पनी लिमिटेड आदि परेका छन् । बजार पुँजीकरणका आधारमा भने यसपटक पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।

प्रतिक्रिया