स्ट्यान्डर्ड चार्टड बैंकको स्वतन्त्र सञ्चालकमा पौडेल
नेपालखोज
२०८२ चैत २० गते १७:२९
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको स्वतन्त्र सञ्चालकमा जनक शर्मा पौडेल नियुक्त भएका छन् । बैंक सञ्चालक समितीको केही दिन अघि बसेको सञ्चालक समितीको बैठकले यही चैत्र १९ गते देखि नैं कार्यान्वयनमा आउने गरी पौडेललाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।
बैंकका अनुसार पौडेललाई पूर्व स्वतन्त्र सञ्चालक सिद्धान्त राज पाण्डेको स्थानमा नियुक्त गरिएको छ । नेपाली बैंकिङ क्षेत्रमा निकै नै खारिएका र अनुभवी बैंकरकोरुपमा पौडेल चिनिन्छन ।
उनले यसअघि ग्लोबल आइएमई बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरिसकेका छन् । उनले बेलायतको लन्डन स्कुल अफ कमर्सबाट एमबिए गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया