आक्रमण पछि इराकद्वारा शालमचेह सीमा नाका बन्द
नेपालखोज
२०८२ चैत २१ गते १६:४९

बगदाद । पछिल्लो आक्रमण पछि इराकी अधिकारीहरूले इरानसँगको शालमचेह सीमा सिमा यात्रुहरूको आवागमन तथा व्यापाकि गतिविधि स्थगित गरी सिमा नाका बन्द गरेको जनाइएको छ ।
बसरा प्रान्तीय सुरक्षा समितिका प्रमुख अकील अल फुराजी मुख्य लक्ष्यमा आक्रमण भए पछि अपरेसन रोकिने बताउनु भएको छ ।
अधिकारीहरूले गतिविधि पुनः सुरु गर्ने कि नगर्ने निर्णय गर्नु अघि सुरक्षा मूल्याङ्कन पर्खिरहेको उल्लेख गर्दै जोखिम जारी रहे सिमा नाका बन्द जारी रहने चेतावनी दिएका छन् ।
यस अघि, एउटा सुरक्षा स्रोतले युद्धविमानले सिमा क्षेत्रमा रहेको व्यापारिक क्षेत्रलाई लक्षित गरेको रिपोर्ट गरेको थियो । -रासस/क्युएनए
सम्बन्धित

प्रतिक्रिया