ग्यास उद्योगमा आगलागी हुँदा पाँच जनाको मृत्यु
नेपालखोज
२०८२ चैत २१ गते २०:००

ढाका । बङ्गलादेशको राजधानी ढाकानजिकै ग्यास लाइटर बनाउने उद्योगमा शनिबार आगलागी हुँदा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ ।
अग्नी नियन्त्रण सेवा र नागरिक रक्षाका अनुसार ढाका नजिकै केरानीगञ्जको कदमतली क्षेत्रमा आगलागी भएको हो ।
दिउँसोदेखि सुरु भएको आगो निभाउन सात वटा अग्निनियन्त्रक टोली परिचालन गरिएको दमकल विभागले जनाएको छ । यसलाई नियन्त्रणमा ल्याउन घण्टौँ लागेको थियो । अग्निनियन्त्रकहरूले साँझसम्म पाँच शवहरू फेला पारेको बताएका छन् ।
समाचार तयार पार्दासम्म मृतकको पहिचान हुन सकेको छैन । आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ । –रासस/एपी
सम्बन्धित

प्रतिक्रिया