राष्ट्र बैंकले थप गर्याे एकीकृत निर्देशन, २०८२ मा संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८२ मा संशोधन/परिमार्जन/थप गरेको छ । राष्ट्र बैंकले आईतबार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन/परिमार्जन/थप गरेको हो ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी एकीकृत निर्देशनमा थप गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
यो निर्देशन अनुसार अन्य सम्पतीको हकमा ३० लाख रुपैंयाँ भन्दा बढी भएका साना तथा मझौंला ऋणमा ६० प्रतिशत जोखिम भार रहने छ ।
कृषि, सूचना प्रविधि वा उत्पादन उद्योगसँग सम्बन्धित एसएमई, ख। जम्मा र क्रेडिट ग्यारेन्टी कोष द्वारा ग्यारेन्टी गरिएको वा जग्गा र/वा भवन द्वारा पूर्ण रूपमा सुरक्षित गरी त्यो सम्पत्तिको उचित बजार मूल्यमा कम्तिमा २५ प्रतिशतको मार्जिनको साथ प्रोजेक्ट इन्स्योरेन्सले कभर गरेको हुनुपर्ने छ ।


प्रतिक्रिया