“वाटरले पुग्दैन है एक्स्ट्रिम नै चाहिन्छ…” नामक टिकटक क्याम्पेन सार्वजनिक

नेपालखोज २०८२ चैत २३ गते २०:४०

काठमाडौं । नेपालकै लोकप्रिय इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम इनर्जी ड्रिंक्सले आफ्ना उपभोक्तालाई लक्षित “वाटरले पुग्दैन है…. एक्स्ट्रिम नै चाहिन्छ…” नामक टिकटक क्याम्पेन सार्वजनिक गरेको छ ।

यस क्याम्पेन अन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंक्सले तयार गरेको “वाटरले पुग्दैन है… एक्स्ट्रिम नै चाहिन्छ…” गीतमा टिकटक भिडियो बनाएर पोस्ट गर्ने सहभागीहरू मध्येबाट प्रत्येक दिन एक जना विजेतालाई कान्तिपुर म्याक्स टेलिभिजनमा प्रसारण भइरहेको आईपिएलको प्री–म्याच कार्यक्रममा छनोट गरिनेछ ।

यसरी छनोट भएका सहभागीहरू मध्ये प्रत्येक हप्ता एक जना भाग्यशाली विजेताले भारतमा भइरहेको आईपिएल क्रिकेट प्रतियोगिता ४ दिनको भ्रमण प्याकेज सहित निःशुल्क रूपमा प्रत्यक्ष हेर्ने अवसर प्राप्त गर्नेछन् ।

यस क्याम्पेनमा सहभागी हुन इच्छुक उपभोक्ताहरूले एक्स्ट्रिम इनर्जी ड्रिंकको आधिकारिक टिकटक एकाउन्टमा उपलब्ध “वाटरले पुग्दैन है एक्स्ट्रिम नै चाहिन्छ…” बोलको गीतमा भिडियो बनाई टिकटकमा पोस्ट गर्नुपर्नेछ । साथै पोस्ट गर्दा ह्यासट्याग प्रयोग गर्नुपर्नेछ । सहभागीहरू मध्येबाट विजेताहरूको घोषणा कान्तिपुर म्याक्स टेलिभिजनमा प्रसारण भइरहेको आईपिएलको प्रत्यक्ष प्रसारण अन्तर्गत प्री–म्याच कार्यक्रममा गोलाप्रथा मार्फत गरिनेछ ।

क्याम्पेन सम्बन्धी थप जानकारी एक्स्ट्रिम इनर्जी ड्रिंकको आधिकारिक फेसबुक पेजमा उपलब्ध हुनेछ । एक्स्ट्रिम इनर्जी ड्रिंक्सले यस अभियानमार्फत खेलकुद र मनोरञ्जनलाई जोड्दै आफ्ना उपभोक्ताहरूलाई विशेष अनुभव प्रदान गर्ने विश्वास लिएको छ ।

प्रतिक्रिया