राजस्व र रोजगारीमा नाडाको योगदान, अटोमोवाईल उधोगको सम्रक्षण आवस्यक

काठमाडौं । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले अर्थ मन्त्रालयका राजश्व सचिव श्री भूपाल बरालज्यूसँग भेटगरी नेपालको अटोमोवाइल क्षेत्रको समस्याहरुको सम्बन्धमा विस्तृत छलफल गरेको छ ।
सो भेटघाट तथा छलफलमा अध्यक्ष उपे्रतीले शीथिल अवस्थामा रहेको नेपालको अटोमोवाइल क्षेत्रलाई गतिशील बनाउन आवश्यक पर्ने केही नीति नियमहरुमा परिवर्तन आवश्यक रहेको र यसो भएमा सरकारले प्राप्त गर्ने राजश्व र रोजगारीमा पनि बृद्धि हुने धारणा राखेका हुन् ।
अटोमोवाइल प्रतिनिधिहरुसंगको सो छलफलको क्रममा राजश्व सचिव श्री भूपाल बरालज्यूले नाडाबाट प्राप्त सुझावहरु कार्यान्वयन योग्य रहेको र यी समस्याहरुको विषयमा आफु जानकार समेत रहेको बताए ।
यसै क्रममा अध्यक्ष उपे्रतीले सि.के.डी. उद्योगले रोजगारी समेत सिर्जना गर्ने भएकोले यसको स्थायित्वका लागि कम्पोनेण्ट उद्योगहरुको आवश्यकता रहेको र त्यस्ता उद्योग खोल्न सरकारले प्रोत्साहन गर्नुपर्ने, त्यस्ता उद्योगहरुका लागि आवश्यक पर्ने कच्चा पदार्थहरु आयात गर्दा छुटको व्यवस्था हुनु पर्ने भन्दै यसले देशको रोजगारीमा बृद्धि ल्याउने र राजश्व मार्फत राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुग्ने बताए ।
यसैगरी नाडाका अध्यक्ष उप्रेतीले कतिपय अटोमोवाइल बस्तुहरु नेपाल मै उत्पादन भईरहे पनि त्यसको गुणस्तर मापन गर्ने यन्त्रहरु सरकारसंग नभएकोले व्यवसायीहरुले विभिन्न समस्याहरुको सामना गर्नु परिरहेको बताए ।
सो छलफलमा नाडाका निबर्तमान अध्यक्ष करण चौधरीले लोन टु भ्याल्यु अनुपात बढाउन अत्यन्त जरुरी रहेको भन्दै यो रेसियोलाई बढाउन सके सवारी साधनहरुको विक्री पनि बढने सन्दर्भमा यसबाट रोजगारी मात्र बढने नभई सरकारको राजश्व प्राप्तिमा समेत बृद्धि हुने भएकोले यसबाट समग्र अटोमोवाइल व्यवसायको इको सिष्टम बढने हुंदा हाल कायम रहेको लोन टु भ्यालु रेसियोलाई पूर्नमूल्याङ्कनका लागि आग्रह समेत गरे ।
यसैक्रममा नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले अटोमोवाइल उद्योग विस्तार भएमा राजश्व र रोजगारीमा बृद्धि हुने भन्दै सरकारले अझैसम्म पनि सवारी साधनहरुलाई विलाशीताको बस्तुमा राखि बर्गिकरण गर्दै आएको गुनासो गरे । यसै सिलसिलामा नाडाका सल्लाहकार श्रेष्ठले भारतमा जि.यस.टि घटेकोले चोरी निकासी बढेको भन्दै सीमा क्षेत्रमा कडाई गर्नु पर्ने धारणा राखे ।
यसैक्रममा श्रेष्ठले महशुलमा समायोजन गर्नु पर्ने समय आएको भन्दै सरकारले अटोमोवाइल उद्योगलाई उच्च प्राथमिकतामा राख्न आग्रह समेत गरे ।
सोही छलफलको क्रममा नाडाका महासचिव मिलनबाबु मल्लले नेपालमा आयात हुने विद्युतिय सवारी साधनहरुको पिक पावरको मापनका सम्बन्धमा केही प्रश्नहरु उठेको सन्दर्भमा नाडा सरकारसंग सहकार्य गर्न तयार रहेको बताए । उक्त छलफलमा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया र सचिव मेघराज पौडेल समेतकोे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया