सोमबार, जेठ ७, २०८१

एकीकृत समाजवादीले सुदूरपश्चिमका सबै पालिकामा उम्मेदवारी दिने

नेपालखोज २०७९ वैशाख १० गते ९:४०

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी एकीकृत समाजवादीले सुदूरपश्चिमका सबै पालिकामा उम्मेद्वारी दिने भएको छ । सुदूरपश्चिमका ८८ वटै पालिकाका वडा सदस्य देखी प्रमुख उपप्रमुखहरुमा उम्मेद्वारी दिने तयारी गरेको हो ।

नेकपा एसले पार्टीका तल्ला कमिटीहरुलाई आन्तरीक सर्कुलर गरेको स्थानीय नेताहरुले बताएका छन् । पार्टी संगठनको जनता माझ जवरजस्त उपस्थिती देखाउन सबै ठाउँमा उम्मेद्वारी दिने भएको प्रदेश कमिटीका एक नेताले जानकारी दिए ।

आसन्न स्थानीय तहको निर्वाचनमा सत्तागठबन्धनले देशभर गठबन्धन गरेर जाने निर्णय गरेको छ । सुदूरपश्चिममा देश भरीकै राम्रो संगठन बनाएको नेकपा एसले एक्लै चुनावमा होमीन लागेको हो ।

आउँदो १२ गते स्थानीयतहमा तोकीएको निर्वाचन कार्यालयमामा उम्मेद्वारी दर्ता गर्ने तयारी भैरहेको छ । यता सत्तागठबन्धको कांग्रेस भने समाजवादीको निर्णयले झस्केको बताइएको छ । गठबन्धनको केन्द्रीय नेतृत्वले सुदूरपश्चिमको एकमात्र उपमहानगर पालिकामा कांग्रेस लाई प्रमुख र उपप्रमुख माओवदी केन्द्रलाई दिने निर्णय गरी सकेको छ । वडाहरुमा एस पार्टीलाई सम्मानजनक उपस्थिती गराउने केन्द्रको निर्णय गरीसकेको छ ।

प्रतिक्रिया