नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश उपाध्यक्षमा मैनाली विजयी

नेपालखोज २०८२ चैत २५ गते १९:०३

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको २०८२ चैत २४ गते हेटौंडामा सम्पन्न ९ औं प्रदेश सभाबाट बस्तुगत समूह तर्फ उपाध्यक्ष पदमा प्रेमहरि मैनाली विजयी भएका छन् ।

मैनाली नेपाल वितरक संघका अध्यक्ष समेत हुन् भने उनी विभिन्न संघ संस्थामा आवद्ध सकृय एवं एक अनुभवि ब्यवसायिक व्यक्तित्व हुन् । उद्योग, व्यापार एवं वितरण क्षेत्रमा दुई दशक भन्दा बढी लामो व्यावसायिक अनुभव सँगालेका मैनालीको जितले महासंघ बागमती प्रदेशको कार्य सम्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

मैनालीले नीतिगत सुधार, स्वदेशी उत्पादनको गुणस्तर, प्रवद्र्धन, बजारीकरण र प्रयोगमा विशेष जोड दिने बताए । समग्र उद्योगी व्यवसायीहरुको क्षमता अभिवृद्धि, व्यवसायिक हक, हित र अधिकारका लागि सम्पूर्ण बस्तुगत संघ संस्था एवं ब्यवसायिहरु सङ समन्वय र सहकार्य गरि नव निर्वाचन कार्यसमिति परिवार एक ढिक्का भयर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

आफुलाई विश्वास गरेर अमूल्य मत दिने सबै वस्तुगत संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुप्रति आभार व्यक्त गर्दै अग्रजहरुको सम्मान, आपसी सहकार्य , सल्लाह र सुुझाव लिएर सधैं व्यावसायिक क्षेत्रको हकहितका लागी सक्रिय रहने मैनालीले बताएका छन् ।

प्रतिक्रिया