लेबनान युद्धविरामको ‘अविभाज्य भाग’

नेपालखोज २०८२ चैत २६ गते १९:३५

तेहरान । लेबनान अमेरिकासँग लागु गरिएको दुई हप्ताको युद्धविरामको एक महत्त्वपूर्ण हिस्सा भएको इरानको संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले बिहीबार बताएका छन् । उनले सहमतिको उल्लङ्घनले गम्भीर परिणाम निम्त्याउने चेतावनी दिएका छन् ।

‘इरानको सहयोगीको रूपमा रहेका लेबनान र सम्पूर्ण प्रतिरोधी गठबन्धन युद्धविरामको एक अविभाज्य हिस्सा हो’ सभामुख गालिबाफले एक्समा जारी एक पोष्टमा भन्नुभएको छ। लेबनानमा इजरायलले गरेको आक्रमणमा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको भोलिपल्ट गालिबाफले युद्धविरामको उल्लङ्घन नगर्न चेतावनी दिएका थिए ।

‘युद्धविराम उल्लङ्घन महँगो लागत सावित हुने र यसले कडा प्रतिक्रिया निम्त्याउने छ’ उनले भने । युद्धविराममा सहमति भएदेखि तेहरान र वाशिङ्गटनले लेबनान समावेश छ कि छैन भन्ने बारेमा प्रतिस्पर्धात्मक सन्देश दिएका छन् । ‘इजरायली सेनाले लेबनानी सशस्त्र समूह हेजबुल्लाहलाई ‘जहाँ आवश्यक छ’ त्यहाँ आक्रमण गर्नेछ’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने ।

बुधबार साँझ अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ‘वैध गलतफहमी’ को संज्ञा दिएका थिए । ‘मलाई लाग्छ, इरानीहरूले सोचेका थिए कि युद्धविराममा लेबनान पनि समावेश छ र त्यसो भएन। हामीले त्यो वाचा कहिल्यै गरेका छैनौँ’ हङ्गेरीको भ्रमणपछि उनले भने । ‘लेबनानमा इरानको उनीहरूसँग कुनै सम्बन्ध छैन । यदि इरान यो वार्ता भङ्ग हुन चाहन्छ भने यो उनीहरूको छनौट हो’ उनले भने ।

इरानी अधिकारीहरूले युद्धविराममा लेबनानलाई पनि समावेश गर्न जोड दिएका छन् र युद्धविरामको घोषणा गर्दा मध्यस्थकर्ता पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको बयानलाई औँल्याएका छन् । रासस/एएफपी

प्रतिक्रिया