नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन सुरु

नेपालखोज २०८२ चैत २७ गते २०:३६

काठमाडौं । ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आजदेखि सुरु भएको छ । उक्त सम्मेलनको प्रा डा वासुदेव त्रिपाठीले नेपाल तथा भारतका २७ जना प्राज्ञलाई सम्मेलनको प्रतीक चिह्न र सम्मेलनबारेका कृति प्रदान गर्दै शुभारम्भ गरे ।

सम्मेलन तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ । सम्मेलनमा नेपाल तथा भारतका विश्वविद्यालयबाट नेपाली भाषा, साहित्यमा विद्यावारिधि गरेका प्राध्यापकहरूको सहभागिता रहेको छ ।

नेपाली भाषा साहित्यको विकास र विस्तारबारे अध्ययन हुन बाँकी पक्षहरूका साथै उच्च शिक्षाका कतिपय अनिर्णित रहेका समेत सवालहरूको परिपूर्तिका निम्ति नइले ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को आयोजना गर्नुपरेको नइका कुलपति इन्दिरा प्रसाईँले जानकारी दिए ।

सम्मेलनमा उच्च शिक्षामा नेपाली भाषा साहित्यको अध्यापन तथा अनुसन्धान गरिने भारतका १३ वटा विश्वविद्यालय र नेपालका छवटा विश्वविद्यालयका कार्यपत्र प्रस्तुत गरिने जनाइएको छ । सम्मेलनको पहिलो दिन सहभागी प्राज्ञहरूले आआफ्ना विश्वविद्यालयबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया