२८ सय ३७ दशमलव ७७ बिन्दुमा नेप्से, सातामा ५७ अर्ब २७ करोड रुपैयाँको सेयर किनबेच

नेपालखोज २०८२ चैत २८ गते १५:४६

काठमाडौं । यो साता नेप्से परिसुचक २८ सय ३७ दशमलव ७७ बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ७८ दशमलव १३ बिन्दुुमा कायम भएको छ ।

यो साता तीन सय ४६ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार छ लाख ५१ हजार दुई सय २२ पटकको कारोबारमा १४ करोड १६ लाख चार हजार आठ सय ३८ कित्ता सेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम ५७ अर्ब २७ करोड ७९ लाख ६९ हजार दुई सय चार रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा तीन अर्ब रुपैंयाँले कम हो ।

गत साता तीन सय ४७ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । सो अनुुसार सात लाख २० हजार दुई सय ९८ पटकको कारोबारमा १४ करोड ६४ लाख ८९ हजार दुई सय ७४ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ६० अर्ब चार करोड १६ लाख ३७ हजार सात सय ३९ रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा छ कार्य दिन खुल्ला रहेको थियो ।

सरकारले हप्तामा दुई दिन अर्थात शनिवार र आईतबार बिदा दिने व्यवस्था कार्यान्वयनमा ल्याएकाकारण यो हप्ता शुक्रबार पनि नेप्से खुल्ला हुँदा छ कार्यदिन नैं कारोबार खुल्न पुगेको हो । कारोबार खुलेको मध्ये यो साता दोस्रो, चौंथो र पाँचौं दिन नेप्से बढेको थियो भने पहिलो, तेस्रो र छैठौ दिन नेप्से घटेको थियो ।

दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसुचक एक सय पाँच दशमलव ५० अंकले ओरालो लागेर दुई हजार छ सय ७६ दशमलव ६८ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १५ दशमलव ६२ अंकले ओरालो लागेर चार सय ५७ दशमलव ६१ बिन्दुमा झरेको थियो ।

दोस्रो कारोबार दिन सोमबार भने नेप्से परिसुचक ८३ दशमलव ३३ अंकले उकालो लागेर दुई हजार सात सय ६० दशमलव दुई बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव ३० अंकले उकालो लागेर चार सय ७१ दशमलव ९२ बिन्दुमा चढेको थियो ।

तेस्रो कारोबार दिन मंगलबार भने नेप्से परिसुचक दुई दशमलव ६१ अंकले ओरालो लागेर दुई हजार सात सय ५७ दशमलव ४० बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७८ अंकले ओरालो लागेर चार सय ७१ दशमलव १३ बिन्दुमा झरेको थियो ।

चौथो दिन बुधबार भने नेप्से परिसुचक ४५ दशमलव १२ अंकले उकालो लागेर दुई हजार आठ सय दुई दशमलव ५२ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ७५ अंकले उकालो लागेर चार सय ७६ दशमलव ८८ बिन्दुमा चढेको थियो ।

पाँचौं कारोबार दिन बिहिबार पनि नेप्से परिसुचक ४८ दशमलव ७१ अंकले उकालो लागेर दुई हजार आठ सय ५१ दशमलव २४ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ६४ अंकले उकालो लागेर चार सय ८१ दशमलव ५३ बिन्दुमा चढेको थियो ।

छैठौ कारोबार दिन शुक्रबार भने नेप्से परिसुचक १३ दशमलव ४६ अंकले ओरालो लागेर दुई हजार आठ सय ३७ दशमलव ७७ बिन्दुमा पुगेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ३९ अंकले ओरालो लागेर चार सय ७८ दशमलव १३ बिन्दुमा झरेको थियो ।

यो साता बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा नेशनल हाईड्रो पावर लिमिटेड, हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेड, एसवाई प्यानल नेपाल लिमिटेड आदि परेका छन् । शेयर कारोबार भएको संख्याको आधारमा भने नेशनल हाईड्रोवार कम्पनी लिमिठेड, आखुखोला जलबिद्युत कम्पनी लिमिटेड आदि परेका छन् । बजार पुँजीकरणका आधारमा भने यसपटक पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।

प्रतिक्रिया