काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने
नेपालखोज
२०८२ चैत २९ गते ७:४८

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको समूह परीक्षण गर्ने भएको छ ।
कक्षा ६ देखि १० सम्म पढ्ने करिब १५ हजार विद्यार्थीको रगतको समूह पत्ता लगाउन रगत परीक्षण गर्ने भएको महानगरका मेडिकल अधिकृत डा दिवस न्यौपानेले जानकारी दिए ।
उनले विद्यार्थीको रगतको समूह पत्ता लागेपछि विपद्का बेला रगत खोज्न सजिलो हुने बताए । उनले भने, ‘ती विद्यार्थीको रगत समूह पत्ता लागेपछि विपद्को बेला काम लाग्न सक्छ ।’
ती विद्यार्थीको रक्तदाताको रुपमा तथ्याङ्क राख्ने र आवश्यक परेको बेला बोलाउन सक्ने उनले बताए । महानगरले वैशाखमा नयाँ भर्ना खुलेसँगै विद्यालयमै गएर रगत संकलन गर्ने जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया