मंगलबार, वैशाख ११, २०८१

पन्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले दिए राजीनामा

नेपालखोज २०७८ असोज ३ गते ०:०१

नयाँदिल्ली । पन्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले पदबाट राजीनामा दिएका छन् । उनले शनिबार राज्यपाल बीएल पुरोहितलाई राजीनामा पत्र बुझाएका छन् ।

मुख्यमन्त्री सिंह र पन्जाब कंग्रेसका अर्का नेता नवजोत सिंह सिद्दुबीच पञ्जाबमा शक्ति-संघर्ष चल्दा पन्जाब कंग्रेसमा लामो समयदेखि विवाद चर्किएको थियो । उक्त विवादका बीच केही समयअघि कंग्रेसले सिद्दुलाई पन्जाब कंग्रेसको अध्यक्षको जिम्मेवारी दिएको थियो ।

भारतीय कंग्रेसको ‘उच्च नेतृत्व’ले सिंहलाई मुख्यमन्त्री पदबाट राजीनामा गर्न बाध्य पारेको दाबी गरिएको छ । सञ्चारमाध्यमहरूमा आएका रिपोर्टहरूमा पन्जाब कांग्रेसका ८० मध्ये ५० सांसदले पार्टी अध्यक्ष सोनिया गान्धीलाई पत्र लेखेर सिंहलाई मुख्यमन्त्रीबाट हटाउन माग गरेपछि उनले पदबाट राजीनामा दिएको उल्लेख गरिएको छ ।

सिंहलाई संसदीय दलको नेताबाट हटाउन शनिबार साँझ बैठक बोलाइएको तर त्यसअघि नै सिंहले राजीनामा दिएको उनीनिकट नेताहरूले बताएका छन् । -रासस/एएनआई

प्रतिक्रिया