अगस्टमा ‘क्यास्पियन शिखर सम्मेलन’ गर्ने इरानको योजना
नेपालखोज
२०८३ वैशाख १२ गते २०:१०

तेहरान । रुसका लागि इरानका राजदूत काजेम जलालीले इरानले जारी युद्धका बाबजुद सातौं क्यास्पियन शिखर सम्मेलन आयोजना गर्ने योजना बनाएको बताएका छन् ।
‘अहिले, हामी सम्मेलन गर्ने योजना बनाइरहेका छौँ र यदि परिस्थितिले अनुमति दियो भने कार्यक्रम निश्चित हुनेछ,’ जलालीले भने । उनले भने, ‘इरान सरकारले यसै वर्षको अगस्ट १२ मा क्यास्पियन शिखर सम्मेलन आयोजना गर्ने योजना बनाएको छ, जुन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका सर्वोच्च नेता मोजतबा खामेनीबीच बैठकको लागि पहिलो सम्भावित अवसर हुन सक्छ।’
‘क्यास्पियन फाइभ’ भनिने रूस, अजरबैजान, इरान, कजाखस्तान र तुर्कमेनिस्तानसहित पाँच तटीय राज्य सदस्य रहेको यस क्षेत्रको क्यास्पियन फोरम एक उच्च–स्तरीय मञ्च हो । –रासस/एएफपी
सम्बन्धित

प्रतिक्रिया