मध्यपूर्वमा शान्तिका लागि रुसले इरानलाई सहयोग गर्ने

नेपालखोज २०८३ वैशाख १५ गते ६:३६

मस्को । अमेरिका–इजरायलसँगको तनावबीच इरानलाई रुसको कुटनीतिक समर्थन जारी रहने रूसले जनाएको छ। सोमबार सेन्ट पिटर्सबर्गमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका विदेश मन्त्री अब्बास अराघचीबीच भएको भेटवार्तामा पुटिनले पश्चिम एसिया क्षेत्रमा शान्ति स्थापना गर्न हरसम्भव कदम चाल्ने आश्वासन इरानलाई दिएकाे क्रिमलिनका अधिकारीले जनाएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका विदेशमन्त्री अब्बास अराघचीसँग सेन्ट पिटर्सबर्गमा भेटवार्ता गरेको रुसी सरकारी न्यूज एजेन्सी तासले पुष्टि गरेको हो । भेटवार्तामा राष्ट्रपति पुटिनले इरानी जनताको प्रशंसा गर्दै आफ्नो सार्वभौमिकताका लागि बहादुरीका साथ लडिरहेको बताएका थिए ।

नेता पुटिनले मध्यपूर्वमा शान्ति ल्याउनका लागि रुसले इरान र यस क्षेत्रका अन्य देशको हितमा सक्दो प्रयास गर्ने पनि बताएको समाचार संस्था तासले जनाएको छ । इरानी विदेशमन्त्री अराघचीको रूसी नेता पुटिनसँगको भेटका क्रममा अराघचीले अवस्था जस्तोसुकै भए पनि इरान र रुसबीचको सम्बन्ध अझ प्रगाढ हुने बताउनुभएको थियो । उनले दुई देशबीचको सम्बन्ध रणनीतिक साझेदारीको उच्चतम तह भएको बताए ।

उनले वर्तमान युद्ध, क्षेत्रीय तनाव वा अन्तर्राष्ट्रिय दबाबले रुस र इरानबीचको निकटतालाई कम नगर्ने सङ्केत गगर्नुभयो । रुस र इरानले ऊर्जा, रक्षा र क्षेत्रीय मामिलामा सहकार्य बढाइरहेका छन् ।

दुई देशले गत वर्ष दीर्घकालीन रणनीतिक साझेदारी सम्झौतामा पनि हस्ताक्षर गरेका थिए । रूसी नेता पुटिनसँगको वार्तामा इरानले आफ्नो सेनालाई स्ट्रेट अफ हर्मुजका लागि जिम्मेवार बनाउनुपर्ने बताएको छ । -रासस/एएफपी

प्रतिक्रिया