कांग्रेसले क्रियाशील सदस्यता नवीकरणका लागि थप एक साता समय दिने

नेपालखोज २०८३ वैशाख १७ गते ७:४५

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि एक हप्ता समय दिने निर्णय गरेको छ ।  बुधबार सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक महामन्त्री प्रदीप पौडेलको अध्येतामा ललितपुरस्थित कांग्रेसको केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा बसेको बैठकले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि एक साता समय दिने निर्णय गरेको हो । 

बैठकले सदस्यता व्यवस्थापन केन्द्रीय समितिले तोकिएको मितिदेखि डिजिटल प्रणाली खुला गर्ने निर्णय गरेको छ । अनलाइन सदस्यता खुला गरेको जानकारी नेपाली कांग्रेसको वेबसाइटमा राखिनेछ जनाएको छ । 

नेपाली नागरिकता भएका व्यक्तिकालागि जनसम्पर्क समिति सदस्यता र कांग्रेसको क्रियाशील सदस्यता उपलब्ध गराउन आवश्यक व्यवस्था गर्ने निर्णय गरेको छ । बैठकले अन्यको हकमा नेपाली कांग्रेसको विधान २०१७ ९एघारौं संसोधन सहित० बमोजिम व्यवस्था गरिएको जनाएको छ । 

प्रतिक्रिया