पाँच अंकले घट्दा चार अर्ब ९१ करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेको लगातारको ओरालो यात्राले साताको चौंथो कारोबार दिन आज बिहिबार पनि निरन्तरता पाएको छ ।अघिल्लो दिन २५ दशमलव ८१ अंकले घटेको नेप्से आज पुन पाँच दशमलव ७३ अंकले घटेर २७ सय ३८ दशमलव ७२ अंकमा झरेको छ ।
यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव शून्य सात अंकले घटेर चार सय ६४ दशमलव ४३ अंकमा झरेको छ ।
नेप्सेमा आज तीन सय ४६ वटा कम्पनीहरुको ८० हजार चार सय २७ पटकको कारोबारमा एक करोड नौ लाख ८८ हजार सात सय ८३ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ९१ करोड ६६ लाख २६ हजार आठ सय ४८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको सेयर कारोबार भएकोमा बाँणिज्य बैंक समूहको सूचक शुन्य दशमलव ३१ अंकले बढेर १४ सय ३४ दशमलव ३२ अंकमा पुगेको छ भने उत्पादनमुलक समुहको सुचक ९६ दशमलव १२ अंकले बढेको छ ।
यि बाहेक बिकास बैंक समूहको सूचक २८ दशमलव ९४ अंकले घटेर पाँच हजार नौं सय ५३ दशमलव ४९ अंकमा झरेकोमा फाईनान्स समूहको सूचक पनि चार दशमलव ७८ अंकले घटेर २३ सय ५७ दशमलव ४८ अंकमा झरेको छ ।
जलबिद्युत समूहको सूचक पनि १५ दशमलव ६३ अंकले घटेर ३८ सय ४९ दशमलव ४२ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ३२ दशमलव ८६ अंकले घटेर १२ हजार चार सय एक दशमलव २१ अंकमा झरेको छ ।
निर्जीवन बीमा समूहको सूचक पनि दुई दशमलव ९८ अंकले घटेर १० हजार सात सय ३० दशमलव ९८ अंकमा झरेकोमा होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः तीन दशमलव ७४, शून्य दशमलव ४३, १६ दशमलव ४१, शुन्य दशमलव ११, १९ दशमलव ५० र २४ दशमलव सात अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा शिखर पावर डेभलपमेन्ट लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सूचीमा भने रिलायन्स स्पीनिङ मिल्स लिमिटेड पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया