तीनवटा संसदीय समितिको बैठक बस्दै

नेपालखोज २०८३ वैशाख २२ गते ८:५०

काठमाडौं । संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभा अन्तर्गत तीनवटा संसदीय समितिको बैठक आज बस्दै छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने लागेकाे हो ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट भए गरेका कामकारबाही र आगामी कार्ययोजना सम्बन्धमा छलफल तथा विविध विषयमा छलफल हुनेछ ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा नागढुङ्गासिस्नेखोला सुरूङ्गमार्गको स्थलगत अवलोकन तथा अनुगमन सम्बन्धमा छलफल हुनेछ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गण्डकी प्रदेशमा भएको स्थलगत अनुगमन तथा अन्तरक्रिया कार्यक्रमको समिक्षाका विषयमा छलफल हुने कार्यसूची छ ।

प्रतिक्रिया