सुनचाँदीकाे मूल्य बढ्याे, कतिमा हुँदै छ काराेबार ?
नेपालखोज
२०७८ जेठ २८ गते ११:०८

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकै भाउ बढेको छ । । आज सुन प्रतितोला छ सय रुपैयाँले बढेको हो ।
छापावाल सुन आज प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन तोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९४ हजार रुपैयाँ कायम भएको छ ।
त्यसैगरी चाँदीको मूल्य आज १५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया