राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य थापा फेरि पदमुक्त
नेपालखोज
२०७८ जेठ २८ गते १३:४९

काठमाडाैं । राष्ट्रिय जनमोर्चाका प्रदेश सभा सदस्य कृष्ण थापा फेरि पदमुक्त भएका छन् । जनमोर्चा केन्द्रीय समिति र प्रदेश संसदीय दलले आफ्ना सांसद थापालाई पदमुक्त गर्दै पद रिक्त गरिदिन सभामुखलाई पत्र पठाएका थिए ।
सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा बैठकमा पत्र पढेर सुनाएसँगै थापा फेरि पदमुक्त भएका हुन् । यसअघि पनि राष्ट्रिय जनमोर्चाले थापालाई कारबाही स्वरूप सांसद पदबाट हटाएको थियो ।
सम्बन्धित
प्रतिक्रिया