आइतबार, जेठ ५, २०८२

नेकपा एमाले सर्वोच्च अदालतको आदेशविरुद्ध पुनरावलोकमा जाने तयारी

नेपालखोज २०७८ जेठ २८ गते १५:१६

काठमाडाैं । नेकपा एमाले सर्वोच्च अदालतको आदेशविरुद्ध पुनरावलोकमा जाने तयारी गरेको छ । सर्वोच्च अदाललते हिजो कर्णाली प्रदेश सभाका चार सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको थियो ।

उक्त आदेशविरुद्ध पुनरावलोकनमा जानका लागि पार्टीमा छलफल भइरहेको स्रोतले बताएको छ । तर पार्टीले भने निर्णय गरिसकेको छैन । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले एमालले कारवाही गर्दा पदमुक्त भएका कर्णाली प्रदेशसभा सदस्य प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पुनर्बहाली गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया