‘नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयनमा रोक लगाउनु दु:खद’ (भिडियोसहित)
नेपालखोज
२०७८ जेठ २८ गते १६:२५

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले नेपाली नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ कार्यान्वयनमा रोक लगाउने सर्वोच्चको आदेशप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
शुक्रबार पार्टी कार्यालय बबरमहलमा नवनियुक्त उद्योगमन्त्री राजकिशोर यादवलाई बधाइ दिन आयोजित कार्यक्रममा अध्यक्ष ठाकुरले सरकारले ल्याएको अध्यादेश पनि एक प्रकारको कानून नै भएको बताए ।
कार्यक्रममा उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महत्ताले जसपा अब मुलुकको वैकल्पिक शक्ति भएको भन्दै अहिलेको अवसरलाई जनताका लागि सदूपयोग गर्नुपर्ने धारणा राखे । देश र जनताप्रति समर्पित भएर सबैले आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए ।
सम्बन्धित
प्रतिक्रिया