४ वटा प्रदेशसभाको बैठक आज बस्ने, सबै प्रदेशमा बजेटको तयारी
नेपालखोज
२०७८ जेठ ३० गते ७:३७

काठमाडौं । आज चार वटा प्रदेश सभाको बैठक बस्दै छ ।
असार १ गते बजेट ल्याउनुअघि नीति तथा कार्यक्रम पारित गरि बजेट सार्वजनिक गर्नुपर्ने भएकाले यतिबेला सबै प्रदेश त्यसको तयारीमा छन् ।
आज प्रदेश १, २, लम्बिनी र कर्णाली प्रदेश सभाको बैठक बस्ने छ ।
लुम्बिनी प्रदेश सभाको बैठक दिउँसाे १ बजे, १ नम्बर प्रदेश सभाको २ बजे र प्रदेश २ को दिउँसो ३ बजेसम्मका लागि ताेकिएको छ।
कर्णाली प्रदेश सभाको बैठकको समय भने तोकिसकिएको छैन ।
सम्बन्धित
प्रतिक्रिया