शनिबार, जेठ ४, २०८२

सुनको भाउ ७ सयले घट्यो, चाँदीको कति ?

नेपालखोज २०७८ जेठ ३१ गते ११:१७

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनको भाउ घटेको छ ।

आइतबार प्रतितोला ९३ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज ७ सयले घटेर ९३ हजार २ सयमा झरेको छ ।

त्यस्तै तेजाबी सुनको ९२ हजार ७ सय मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । तोलाको १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया