मंगलबार, वैशाख ३०, २०८२

राष्ट्रपतिसँग जापानी उपमन्त्रीको भेट

नेपालखोज २०७६ माघ ३ गते १७:२२

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका जापानका ‘पार्लियामेन्ट्री भाइस मिनिष्टर फर फोरेन अफेयर्स’ नाकायामा नोरिहातोले भेट गरेका छन् । उनले शुक्रबार राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका हुन् ।

राष्ट्रपति भवन, शीतल निवासमा भएको सो भेटका अवसरमा दुई देशबीच विद्यमान सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया