शुक्रबार, जेठ ३, २०८२

लगातारकाे झरीसँगै आएको बाढीले मनाङको तालगाउँ र चामे बजार डुबान

नेपालखोज २०७८ असार १ गते १३:२४

काठमाडौं । निरन्तर बर्षासँगै आएको बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा परेको छ । नासों गाउँपालिका १ मा पर्ने तालगाउँ सोमबारदेखिको निरन्तरको बर्षाका कारण मर्स्याङ्दी नदी बढेर बाढी आएर डुबानमा परेको हो ।

सोमबार साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज बगाएको छ । तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत् गृह पनि बगाएको छ ।

त्यस्तै सदरमुकाम चामेमा ४ वटा घर बाढीले क्षति पुर्‍याएको छ । मर्स्याङ्दी छेउमा रहेका ताल गाउँका ६० घरमध्ये ३० घर डुबानमा परिसकेको स्थानीय करसाङ गुरुङले बताए ।

बाँकी घर पनि जोखिममा परेका छन् । स्थानीय घर छाडेर सुरक्षित ठाँउमा बसेकाले मानवीय क्षति नभएको मनाङका प्रमुख जिल्ला अधिकारी बिष्णु लामिछानेले बताए । चामेको नयाँबजारका स्थानीयलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीयले सुरक्षित स्थानमा स्थान्तरण गरेका छन् ।

प्रतिक्रिया