बिहीबार, जेठ २, २०८२

विपत्‌मा परेकालाई तत्काल उद्धार गरी राहत घोषणा गरियोस् : देउवा

उद्धार र राहतमा खटिन पार्टीका नेता कार्यकर्तालाई निर्देशन

नेपालखोज २०७८ असार २ गते ९:२४

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपद्मा परेका जनतालाई तत्काल उद्दार गरी राहत घोषणा गर्न सरकारसँग माग गरेका छन् । साथै उनले जोखिममा परेका बस्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुझाएका छन् ।

देशभर मनसुन सक्रिय भएसँगै जारी वर्षाका कारण देशभर वाढी पहिरो र डुवानमा परी नागरिकहरुको ज्यान जानेदेखि भौतिक क्षति हुन थालेपछि कांग्रेस सभापति देउवाले सामाजिक सञ्जालमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले तत्काल आआफ्नो क्षेत्रमा उद्दार र राहतमा खटिन पार्टीका नेता कार्यकर्तालाई पनि निर्देशन दिएका छन् । ‘केही दिनदेखि परेको अविरल बर्षाका कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न क्षेत्रमा बाढि, पहिरो र कटानले विकराल रुप लिएको छ, यो कठिन अवस्थामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई तत्काल आआफ्नो क्षेत्रमा उद्दार र राहतमा खटिन निर्देशन गर्दछु ।’ देउवाले लेखेका छन् ।

प्रतिक्रिया