माधव नेपालको अपिल- सरकार मात्रै होइन परोपकारी संस्थाहरू पनि जुटौं

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले वाढी पहिरो प्रभावितहरुलाई राहत तथा उद्दारका लागि जुुट्न सबैलाई आह्वान गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले प्रभावितहरूलाई बाँच्नका लागि न्यूनतम राहत, आवास, लत्ता कपडा एवम् स्वास्थ्य सामग्रीसहितको व्यवस्थाका लागि सरकार एवम् परोपकारी संस्थाहरूको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
त्यस्तै उनले बाढी–पहिरोबाट प्रभावित स्थानहरूमा तत्काल उद्दार कार्यमा जुट्न स्थानीय पार्टी कार्यकर्ता, सरकारी निकाय तथा सम्पूर्ण जनसमुदायमा अपीलसमेत गरेका छन् । ‘मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन भारी वर्षा हुने जनाएकाले नदी आसपासका क्षेत्रमा पानीको बहाव बढ्ने, पहिरो र डुबानसमेत हुने खतरा रहेकाले सतर्क रहनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु, उनले लेखेका छन्, ‘भौगर्विक दृष्टिले कतिपय स्थानहरु पहिरोको उच्च जोखिममा रहेको भन्ने समाचारहरू आइरहेकोले त्यस्ता स्थानमा बढी सतर्कता अपनाउन सो स्थानका वासिन्दा सहित स्थानीय प्रशासनसँग विशेष अनुरोध गर्दछु ।’
अविरल बर्षासँगैको बाढी पहिरोका कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न जिल्लाहरुमा ठूलो धनजनको क्षति भएका समाचारहरू आइरहेका छन् ।
प्रतिक्रिया