सुनकाे मूल्य घट्याे, आजको भाउ कति ?
नेपालखोज
२०७८ असार २ गते ११:१५

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । सुन आज एक सय रूपैयाँले घङेकाे हाे ।
छापावाल सुन आज प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन तोलाको ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९२ हजार छ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी चाँदीको मूल्य आज ५ रुपैयाँ बढकोे छ । चाँदी आज तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी १३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया