बिहीबार, जेठ २, २०८२

थपिए २,८२८ संक्रमित, चौबीस घण्टामा ३ हजार ८२ जना डिस्चार्ज

नेपालखोज २०७८ असार २ गते १६:५९

काठमाडाैं । नेपालमा आज २ हजार ८२८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो चाैबीस घण्टामा देशभर १३ हजार २२ जनाको परीक्षण गर्दा सो संख्याका संक्रमित फेला परेका हुन् । यही अवधिमा ३ हजार ८२ जना संक्रमणमुक्त भएका छन् भने ५२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै कोरोना संक्रमित रहेका जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, रुपन्देही, कैलाली, मोरङ, दाङ, धनुषा, सुर्खेत र चितवन हो ।

पछिल्लो समय कोरोनाको परीक्षण दर घटेसँगै ५ सय बढि सक्रिय संक्रमित रहेको जिल्लाको संख्या ४३ मा झरेको मन्त्रालयले जनाएको छ । कुल संक्रमितको तथ्यांक हेर्दा सबैभन्दा धेरे संक्रमित २० देखि ५९ वर्षसम्मका रहेका छन् ।

मन्त्रालयकाअनुसार फेला परेका संक्रमितमध्ये महिलाहरुको संख्या ३९ प्रतिशत रहेको छ ।

प्रतिक्रिया