मेलम्ची अपडेट : ९ जनाको शव भेटियो, ३ सय बढी घर डुबानमा
नेपालखोज
२०७८ असार २ गते १७:४४

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको भिषण बाढीमा परि वेपत्ता भएका ९ जनाको शव फेला परेको छ । सोमबारदेखि आएको लगातारको वर्षाका कारण आएको बाढीले हेलम्बुदेखि दोलालघाटसम्मका करिव ३ सय भन्दा बढि घरहरु डुबानमा परेका छन् ।
बाढीले सबैभन्दा बढि क्षति मेलम्ची बजारमा भएपनि हेलम्बु, चनौटे, तिउल, ग्याल्थुङ, तारामाराङ, मेलम्ची, बाहुनेपाटी, सिपाघाट, दोलालघाटसम्मका नदि किनारा क्षेत्रका घर, खेत, बारीहरु नष्ट गरेको जनाएको छ ।
त्यस्तै, अन्य हराइरहेकाहरुको सेनाले उद्धार जारी राखेको छ । बाढीमा करिब ५५ भन्दा बढी बेपत्ता भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
सम्बन्धित
प्रतिक्रिया