बिहीबार, जेठ २, २०८२

महिला, बालबालिका, गर्भवती र अशक्तलाई प्राथमिकतामा राखेर राहत, उद्धार गर्न अपिल

नेपालखोज २०७८ असार २ गते १९:२०

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले अविरल वर्षका कारण भइरहेको बाढी, पहिरो र डुबानका कारण जनधनको क्षति भएको अवस्थामा सहयोगमा जुट्न महासंघका पदाधिकारी र सम्बद्ध सबैमा आग्रह गरेको छ ।

महासंघका अध्यक्ष भारती पाठकले आज विज्ञप्ति जारी गर्दै संघ, प्रदेश र स्थानीय तहका सरकारबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा ध्यान दिँदै जोखिममा परेका समुदायलाई सुरक्षित स्थानमा लगेर गाँस, बास तथा स्वास्थ्य सुरक्षाको प्रबन्ध मिलाउन र थप जोखिमबाट बचाउन अनुरोध गरिन् ।

महिला बालबालिका, गर्भवती, अशक्त र विपन्न वर्गलाई विशेष प्राथमिकताका साथ राहत, उद्धार र पुनःस्थापनाका लागि पनि महासंघले अपिल गरेको छ । देशभरका २२ हजारभन्दा धेरै सामुदायिक वन उपभोक्ता समूहले विपद्का समयमा राहत, उद्धार र पुनःस्थापनामा जुट्न आग्रह गर्दै विज्ञप्तिमा कोरोनासँगै प्राकृतिक विपद्का सम्भावित घटनाबाट सचेत रहन सञ्चारमाध्यम, सामाजिक सञ्जालमार्फत व्यापक सचेतीकरण अभियानमा लाग्न र समुदायका यूवा परिचालन गर्न महासंघका सवै संरचना तथा सरोकारवालालाई समेत सक्रिय सहयोगमा जुट्न आह्वान गरिएको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको सम्भावित जोखिमवाट प्रभावित सूचि अनुसार २३ जिल्लाका १७ लाख स्थानीय समुदाय बाढीबाट प्रभावित हुने र २६ जिल्लाका १ लाख २० हजार स्थानीय समुदाय पहिरोबाट प्रभावित हुने अनुमान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया